राठी ब्राण्डको केबल उत्पादन गर्ने कम्पनी हो ‘अन्नपूर्ण केबल्स ईण्डस्ट्रिज’
विराटनगर । अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि. सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.आर्थिक वर्ष २०७८/७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो ।
राज्यलाई जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो उद्योगलाई सम्मान गरेको हो ।
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले आयकर दाखिला गरेको जानकारी दिए ।
अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले राठी ब्राण्डको केवल उत्पादन गर्दै आएको छ । बजारमा सवैभन्दा बढी विश्वाशिलो र खपत हुने राठी केवल अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.लेनै उत्पादन गर्दै आएके तार तथा विद्युतीय सामाग्री हो ।
सोही कम्पनीले सवैभन्दा बढी कर तिरेको हो ।